न्युयोर्क- एनआरएनको निर्वाचन मिती नजिकिदै गर्दा न्यूयोर्क च्याप्टर अध्यक्षका उम्मेद्धार रामहरी अधिकारीको चर्चा निकै छ ।

नेपालमा धादिङ्ग घर भई विगत ६ वर्ष देखी अमेरीका लाई कर्मभूमी बनाएका अधिकारी एक कर्मशील, उर्जाशील एवं मिलनसार यूवा रुपमा न्यूयोर्कबासी विच परिचित छन् । एनआरएनए वर्ष २०१५/१७ का लागी न्यू योर्क च्याप्टको महासचिव पदमा काम गरिसकेका अनुभवी व्यक्ति पनि हुन अधिकारी ।

गत कार्यकालमा उनले न्यूयोर्कबासी नेपालीका लागी महासचिवका रुपमा गरेका कार्यहरु र आगामी कार्यकालमा अध्यक्षका हैसियतले गर्न चाहेको उल्लेखनीय कार्य तथा योजनाहरुको बारेमा उनी सँग गरिएको संवाद –
अधिकारी जी यहाँ ले महासचिवको रुपमा के कस्ता कार्यक्रमहरु गर्नु भो र हाल प्रेसिडेन्टका लागी प्रत्याशी हुन ुहुन्छ ? कृपया १,२,३ गरेर बुदाँगत रुपमा बताई दिनुहोस ।
धन्यवाद, अत्यन्त सान्र्दभीक अनि प्रया सवै न्यूयोर्कबासी नेपालीले जन्न चाहेको कुरा नै सुरुमा सोध्नु भो । मैले सस्थाको महासचिव या भोली प्रेसिडेन्ट भएर पनि गर्ने भनेको जम्मा तीनवटा कार्यहरु हुन् । तपाईले सोधे जस्तो नम्वर १- मेरो प्राथमिकता सस्थाको नीतिगत एवँ कार्यगत मजबुती तथा परर्दशीता कायम गर्ने हुने छ । सस्थाको धारताल बलियो पार्दै एनआरएन न्यूयोर्क च्याप्टरलाई सवै नेपालीको सुख दुखको चौतारी को रुपमा स्थापति गराउन प्रयत्न गर्ने हो । हिजो महासचिवका रुपमा मैले च्याप्टरको गाइड लाइन बनाउने देखि च्याप्टरको अधिकार र कार्यक्षेत्र बलियो र फराकिलो बनाउन पहल गरे । भोली पनि प्रेसिडेन्टको रुपमा मैले एनआरएन न्यूयोर्क च्याप्टरको संस्थागत विकास र संरचानगत मजबुति का लागी अहोरात्र कार्य गर्ने छु । यसका लागी च्याप्टरको व्यवस्थापन च्याप्टरबाट भन्ने लक्ष्य सहित एनसीसीको सहयोग र समन्वयमा च्याप्टरको मेम्वसीप ड्राइभलाई विवाद रहित एवँ पारदर्शी पार्दै सस्थाँ लाई सवैको हाम्रो र राम्रो वनाउने हो । एनआरएन परिचय पत्रको व्यवस्था गर्ने । नम्वर २- प्राथमिकता, न्यू योर्क बासी सम्पूर्ण नेपाली समुदायको हक, हित र उनीहरुको सुविधाको निम्ति प्रतिफल मूखीढंगले काम हरु अगाडी बढाउने । नम्वर  – नेपाली समुदाय तथा जनजातीहरुको मौलिक एव अलौकिक कला तथा संस्कृतिको संरक्षण तथा प्रर्वधनमूलक कार्य गर्दै नेपाली कला सस्कृतीको प्रर्वद्धन गर्ने ।
न्यूयोर्कबासीको हक, हित र सुविधको निम्ति प्रतिफलमूखी ढंगले कामहरु अगाडी बढाउने छु भन्नु भो कस्ता किसिमका कामहरु ह्ुन प्रष्ट परिदिनु हुन्छ की ?
पक्कै पनि, सम्पूर्ण न्युयोर्क बासी दाजुभाई तथा दीदीवहिनीहरुले रामहरी अधिकारीलाई नै किन मतदान गर्ने भन्ने विषयको लागी पनि यो कुरा प्रष्ट पार्नु जरुरी छ । सामाजीक अभियानका रुपमा मैले केही कुरा हरु एनआरएन न्यू योर्क च्याप्टरको पहलमा गर्ने अगाडी बाढाउने लक्ष्य लिएको छु । पहिलो, टिपिएस लागयतका सुविधाहरुको निरन्तराताको लागी सस्थाँगत रुपमा पहल गर्ने । इमिग्रेसन सम्वन्धी जनचेतना मुलक कार्यक्रमहरु नियमित अन्तरालमा सञ्चालन गर्ने । दोश्रो, हस्पिटल, डिएमभी लगायतका महत्वपूर्ण अड्डाहरुमा नेपाली भाषाका होडिगं बोर्ड राख्न तथा नेपाली दोभाषे डेस्क व्यवस्था गर्न पहल गर्ने । अर्को महत्वपूर्ण कुरा नेपालबाट पहिलो पटक न्यूयोर्क आउने नेपाली लाई आवश्यक परेमा एयर पोर्टबाट फ्रि पिक अप गरेर उनीहरुलाई सेटलमेन्टका लागी आवश्यक पहल गरि दिने । एनआरएन हेल्प डेस्क सञ्चालन गरेर विभिन्न सेवाहरु दिने लगायतका अरु धेरै योजनाहरु छन् ।
कला सस्कृतिको जर्गेना गर्ने कस्ता योजना छ त ?
हेर्नुस कला संस्कृति भनेका जनजातीका मौलीक परम्परा होलान तर सम्रग नेपालीका लागी त्यो राष्ट्रिय पहिचान एवँ गौरवका विषय हुन । तर्सथ त्यसलाई यहाँको स्थानीय समुदायमा परिचित बानउने तथा हाम्रा हरेक दोश्रो पुुस्तामा हस्तान्तरण गरिने सम्रग प्रवासी नेपालीको दायित्व हो । यसका लागी विभिन्न जात जाति तथा जनजातीका समुदाय तथा संघ संगठनहरुसँग एनआरएन न्यूयोर्क च्याप्टर सहयात्रीका रुपमा सहकार्य गर्ने छ । कम्तीमा वर्षको एक पटक यही ज्याक्सन हाईट एरियामा मेला या प्रर्दशनी आयोजना गरि नेपाली समुदायको समाजीक र आर्थिक विकासमा टेवा पुर्याउने च्याप्टको उद्देश्य छ । यसमा सवैको सहयोग र सहभागिता हुने छ भन्ने मा आशावादी छु । अर्को महत्वपूर्ण पक्ष, एनआरएन न्यू योर्क च्याप्टर मार्फत शनिवार र आइतवार निशुल्क नेपाली भाषा लेखाई र पढाई कक्षाहरु सञ्चालन गरेर दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाली होडिगं बोर्ड र किताव पढ्न कम्तीमा नेपालीमा चिठ्ठि लेख्न सक्ने बनाउन पहल गर्ने छ ।
नयाँ प्रवासी नेपालीहरु जो अमेरीका पहिलो पटक टेक्दछन् उनीहरुको सेटलमेण्ट मुलत पहिलो ६ महिना निकै कण्टकर देखिन्छ यसमा सहयोग गर्ने एनआरएनको क्षेत्र भित्र पर्दछ कि पर्दैन ? पर्दछ भने तपाईको कार्यकालमा कस्ता कार्यक्रम मार्फत यसलाई सम्वोधन गर्नु हुने छ ?
पक्कै पनि एनआरएनए को मूख्य उद्देश्य भनेको प्रवासमा नेपाली समुदायको एकता कायम गर्दै नेपालीहरुको सामाजीक आर्थिक विकासका निम्ति गरिने सामुहिक प्रयास हो । हेल्प डेस्क सञ्चालन गरि नवआगन्तुकहरुले सुरुका दिनमा अमेरीका मा अपनाउनु पर्ने कुराहरुको बारेमा अभिमुखिकरण छलफलका कार्यक्रमहरु चलाइने छ भने र्सवाइवल जव को खोजीमा समेत न्यू योर्क च्याप्टर ले सहयोग गर्ने छ । यसका लागी समुदायको सहयोग अभिन्न रहने छ ।
अधिकारी जी तपाई निकै उच्च मनवोल तथा परिणामुखी योजना सहित आउनु भा रहेछ । अरु प्रत्याशीहरुका बारेमा तपाई के भन्न चहानु हुन्छ ?
अरु प्रेसिडेन्टका प्रत्याशीहरु भन्दा म मा युवा जोश र नयाँ सोच छ नी हा हा हा ………. । मेरा प्रतिस्पर्धी दुई उमेदवार हुन्नु हुन्छ, उहाँहरु म्ोरो आदरर्णिय हुनु हुन्छ । तर उहाँहरु ले भन्दा मैले केही बढि गर्न सक्छु भन्ने विश्वास छ म मा । मेरा प्रष्ट योजनाहरु छन् । सवै लाई समेटेर एनआरएन एनसीसीको समन्वयमा च्याप्टरको कामहरुलाई अगाडी बढाउन सक्छु भन्ने आत्माविश्वास छ । एनआरएन अभियन्ताहरुको निकट रहेर एनआरएनको समस्या र सम्भाव्यताहरु को अध्ययन गरेको छु मैले । एनआरएन न्यू योर्क लाई म सवै न्यू योर्क बासीको साझा चौतारी को रुपमा स्थापीत गराउन पहल गर्ने छ ु । म मा न्यूयोर्क च्याप्टर प्रति सवैको स्वामित्वको अभाष हुने गरि कार्य सम्पादन गर्ने दृढ इच्छा छ । सवै भन्दा माथि सवैको सदभाव,सहयोग र विश्वास म माथी छ । तसर्थ अरु मेरा प्रतिस्पर्धी मित्रहरु लाई मलाई नै सहयोग गर्नु होस । आउनु होस मिलेस जाँउ सँगै जाँउ । न्यू योर्क बासी नेपाली र एनआरएनए मार्फत सम्पूर्ण अमेरीका बासी नेपालीको हित निम्ति मिलेर काम गरौं यही भन्न चाहान्छु ।
अन्तमा केही भन्नु हुन्छ कि ?
समग्र न्यू योर्क बासी नेपालीहरुमा म अनुरोध गर्दछु कि आसन्न निर्वाचनमा मलाई मतदान गरि मलाई सेवा गर्ने अवसर दिनुुहोस । म मुलत एनआरएनए को समन्वयमा न्यू योर्क च्याप्टरलाई एउटा अलग उचाईमा पुुर्याउन प्रयत्नशील रहने छु । न्यूयोर्क बासी नेपालीको सुख र प्रगतिका लागी हरदम प्रयत्नशील रहने छु । भवितव्य दुखको सारथी बन्ने न्यू योर्क च्याप्टको निर्माणमा लाग्ने छु । साँच्चिकै एनआरएन न्यू योर्क च्याप्टर न्यू योर्क बासीले गर्व गर्न लायक सँस्था बनाउने प्रयत्न गर्ने छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here