कोहलपुर । मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा भएको सुपर–८ क्रिकेट प्रतियोगितामा शिक्षकको टिम विजयी भएको छ । शुक्रबार भएको अन्तिम खेलमा व्यापारीको टिमलाई दुई विकेटले पराजित गर्दै शिक्षकको टिम विजयी भएको हो ।
टस जितेर पहिले व्याटिङमा रोजेको व्यापारीको टिमले निर्धारित १२ ओभरको खेलमा सात विकेट गुमाउँदै ८१ रन बनायो ।
८२ रनको लक्ष्य पाएको शिक्षक टिमले अन्तिम ओभरसम्म खेल्दै लक्ष्य पूरा ग¥यो । विजयीसँगै शिक्षकको टिमले प्रतियोगिता २–० ले जितेको छ । यसअघि भएको पहिलो खेलमा शिक्षकको टिम विजयी भएको थियो भने दोस्रो खेल बराबरीमा टुंगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here