कोहलपुर  । कोहलपुरमा बुधबारदेखि यु–१९ क्रिकेट श्रृंखला सुरु भएको छ । पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरले डिएसपी रकर्स नेपालगन्जलाई पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन बनायो । मध्यपश्चिमका नितेश विष्टले ६४ र दीपेन्द्र रावतले ३२ रन बनाए । रकर्सका अजय सहानीले दुई विकेट हात पारे ।
एक सय ७७ रनको विजयी लक्ष्य पछ्याएको रकर्स १६ ओभरमा अलआउट हुँदै ९१ रनमा समेटियो । रकर्सका अजय सहानीले २३ र शिव पलले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मध्यपश्चिमका लवकुश यादव, दीपेन्द्र रावत र बिनोद गौतमले समान ३÷३ विकेट लिए । खेलको म्यान अफ दी म्याच मध्यपश्चिमका नितेश विष्ट घोषित भए । पहिलो खेलको जितसँगै शृंखलामा मध्यपश्चिम १–० ले अगाडि भएको छ । दोस्रो खेल बिहीबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here