• सतिशप्रसाद ओझा

स्वास्थ्य बिमा अमेरिकामा अनिवार्य छ । व्यक्तिलाई कुन बेला के हुन्छ कुनै टुंगो हुदैन । बिरामी या दुर्घटना जानकारी दिएर हुदैन । तर यस्ता भवितव्यबाट हुने क्षति भने कम गर्न सकिन्छ ।

यसको लागि स्वास्थ्य बिमा आवश्यक पर्छ । त्यसैले अमेरिकी सरकारले हरेक व्यक्तिको लागि स्वास्थ्य विमा अनिवार्य बनाएको छ ।
स्वास्थ्य बिमाका बारेमा चर्चा हुदा ‘ओबामा केयर’ सबैभन्दा बढी सतहमा आएको विषय हो । स्वास्थ्यसेवामा सबैको समान र सहज पहु“च पु¥याउने उद्देश्यले तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१० को मार्च २३ मा’ यो ऐन लागु गरेका थिए । अमेरिकी सरकारले सबै वैधानिक नागरिकका लागि यसमार्फत स्वास्थ्यबिमा गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।


लागू भएको आधा दशकपछि पनि यो ऐनको बारेमा अझै संशय बा“की नै छ । यो कस्तो प्रकारको कानुनी व्यवस्था हो ? लिदा के हुन्छ र नलिदा के हुन्छ ? भन्ने बारेमा अझै पनि धेरै नेपालीहरुमा कमै जानकारी छ ।
यो कानुन अन्तरगत सरकारले सबै वैधानिक व्यक्तिलाई उसको आम्दानीका आधारमा स्वास्थबीमाका लागि अनुदान दिने व्यवस्था गरेको छ ।

अनुदानकै कारण व्यक्तिले कम मूल्यमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने व्यवस्था यो ऐनले गरेको छ ।
यसअन्तर्गत बीमाका लागि बर्षमा एक पटक आवेदन खुल्ला हुन्छ । अघिल्ला वर्षमा जस्तै आगामी २०१८ को लागि १ नोभेम्बर २०१७ देखि आवेदन खुल्ला भएको छ । तर यसपटक आवेदन अवधि १५ डिसेम्बरसम्म मात्रै तोकिएको छ । अघिल्ला वर्षहरुमा दुई पटक गरी ३१ जनवरीसम्म यस्तो आवेदन दिनसक्ने व्यवस्था हुने गथ्र्यो । तर यसपटक एकपटक मात्रै आवेदन दिन पाउने व्यवस्था छ ।

आगामी १५ डिसेम्बरभित्र आवेदन नदिए सन् २०१८ भरी ओबामा केयर स्वास्थ्य बिमाबाट बिमुख हुनुपर्नेछ । त्यसले गर्दा एकबर्षसम्म बिना स्वास्थ्यबीमा बस्नुपर्नेमात्र होइन, बिरामी भएर स्वास्थ्य परिक्षण गर्दा चर्को शुल्क तिर्नुपर्ने हुनसक्छ ।
यो बिमा नलिए पनि व्यक्तिले सरकारलाई त्यसवापत निश्चित रकम बुझाउन वाध्य हुनुपर्नेछ ।

सरकारले हरेक वर्ष कर फाइल गर्दा स्वास्थ्य बिमा नलिएको भए जरिवाना लिने व्यवस्था गरेको छ। यसले गर्दा निर्धारित समयमा आवेदन दिएर विमा बरिख नगरे स्वास्थ्य उपचारबाट विमख त हुनुपर्छ नै साथसाथै जरिवानामार्फत सरकारलाई निश्चित शुल्क बुझाउनुपर्नेछ । जरिवानाको अंक हरेक वर्ष बढ्दै जाने व्यवस्था रहेको छ । जसअनुसार यसवर्ष २०१७ को लागि कूल आम्दानीको २ दशमलब ५ प्रतिशत जरिवाना बुझाउनुपर्नेछ । त्यस्तै प्रतिव्यक्ति ६ सय ९५ र प्रतिबच्चा ३ सय ४७ डलर ५० सेन्ट जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

यो रकम बढिमा २ हजार ८५ डलरसम्म हुने व्यवस्था पनि गरिएको छ । हरेक वर्ष जरिवानाकोे रकम बढ्दै जाने व्यवस्था भएकोले सन् २०१८ को लागि भने अहिलेसम्म रकम तोकिएको छैन । स्वास्थ्य विमाविना नै वर्षभरिको आम्दानीबाट यति ठूलो रकम सरकारलाई बुझाउनु पर्ने अवस्थाबाट मुक्ति पाउन पनि विमा खरिद गर्नु उपयुक्त हुन्छ ।
बढी आम्दानी हुनेहरुले निजी कम्पनीहरुबाट पनि बिमा लिन सक्छन् ।

तर थोरै आम्दानी हुनेहरुको लागि ओबामा केयरमार्फत सरकारले उपलब्ध गराउने अनुदानमा बिमा खरिद गर्नु उपयुक्त देखिन्छ । मासिकरुपमा बुझाउनुपर्ने प्रिमियम र उपलब्ध हुनसक्ने स्वास्थ्य सुविधाको हिसाबकिताब गर्ने हो भने पनि यो व्यवस्थामार्फत बिमा खरिद गर्नु एकप्रकारको वचत नै हुनसक्छ ।
अमेरिकी सरकारको नेतृत्वमा भएको परिवर्तनले पनि यो ऐनको बारेमा आशंका उब्जिएको थियो । तत्कालीन राष्ट्रपति बाराक ओबामाले ल्याएको र वर्तमान राष्ट्रपति ट्रम्प तथा उनी सम्बद्ध दल रिपब्लिकन पार्टीसमेत यसको विपक्षमा भएकोले यसको भविष्यप्रति शंका उब्जिएको थियो ।

तर संसदमा भएको पटकपटकको मतदानपछि पनि अमेरिकी सरकारले यो ऐनलाई प्रतिस्थापन गर्ने कानुन पारित गर्न नसकेपछि पूर्ववत रुपमै यो ऐन कार्यान्वयनमा रहनेछ ।

–लेखक ओझा न्युयोर्क लाइफ इन्सुरेन्समा कार्यरत हुनुहुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here