कोहलपुर । मध्यपश्चिम क्रिकेट क्लबले यु–१४ टिम घोषणा गरेको छ । कात्तिक २५ गते हुने यु–१४ बुम रेमिट कप लागि अनुराग ओलीको कम्प्तानीमा मंगलबार टिमको घोषणा गरेको हो । दिलिप सुनार उपकप्तान छन् । टिममा अशोक रावल, रोहित सापकोटा, अनुप अधिकारी, आयुष्मान बस्नेत, मौसम श्रेष्ठ, रोहण केसी, अरुण हरिजन, विकास कुमाल, करण यादव, प्रिन्स गुरुङ, निखिल रावल र प्रकाश बोहरा रहेको प्रशिक्षक नितेश बिष्टले जानकारी दिए । तीनवटा खेल हुने सिरिजमा माछागढ, कालिका र मध्यपश्चिम क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन् । मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिता कोहलपुरस्थित क्रिकेट मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here