टेक्सास (अमेरिका)- तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टराईलाई मातृशोक परेको छ ।

नेपाली जन सम्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य समेत रहेका भट्टराइकी ममतामयी आमा भद्र कुमारी भट्टराइको ६५ वर्षको उमेरमा निधन भएपछि भट्टराईलाई मातृशोक परेको हो ।

नेपाली समाज टेक्सासका पुर्ब सदस्य तथा युएसखबर अनलाइनका मेनेजिङ डाइरेक्टर टेक्सासको डालस निवासी समाजसेवी भट्टराइकी ममतामयी आमाको दुखत निधनपछि भट्टराई परिवार शोकमा डुबेको छ ।

अमेरिकाको नेपाली डायस्पोराका बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले भट्टराइकी आमाको निधन प्रति गहिरो दुख व्यक्त गर्दै समबेदना प्रकट गरिरहेका छन् ।

हाम्रो तर्फबाट पनि शोकाकुल परिवारजन प्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here