गोरखा, सिरानचोक

नयाँशक्ति पार्टी नेपालका दुई नेता माओवादी प्रवेश गर्नुभएको छ । नयाँ शक्ति पार्टी नेपालका थालाजुङ सचिव सीताराम ढकाल र सदस्य बलबहादुर खत्री
माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

गोरखा जिल्ला क्षेत्र नम्बर २ अन्तर्गतको शिरानचोक गाउँपालिका वडा नम्बर २ मा मा आयोजित चुनावी सभामा ढकाल र खत्री माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले कम्युनिष्ट विचारधरा छाडेको, व्यक्तिवादी सोच राखेकोले माओवादी केन्द्र प्रवेश गरेको ढकालले बताउनुभयो ।

ढकाल र खत्रीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नाराणकाजी श्रेष्ठ (प्रकाश) ले अबिर र माला लगाएर स्वागत गर्नुभएको थियो ।

केही दिनअघि मात्रै नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here