नागाेया । राेसन दानी

पछिल्लो समयमा जापानको नागोया स्थित सहरमा बस्दै आएका अविरल घिमिरे किक बक्सिंग मा एक पछि अर्को सफलता हासिल गर्दै आएका छन् । खेल जीवनको यसअघिका सबै सातवटा प्रतिस्पर्धामा अपराजित रेकर्ड बनाएका नेपालका किक बक्सर अबिरल घिमिरेले आफ्नो बिजयी यात्रालाई निरन्तरता दिंदै दक्षिण कोरियाका व्यवसायीक किक बक्सरलाई जापानमा पराजित गरिदिएका छन् ।

बिगतमा भएका गेमहरुमा प्रत्यक पटक सफलता पाएका उनले फेरी कोरियन फाइटर संग भएको गेममा बिजय भएका हुन । ३ राउण्डमा भएको उक्त किक बक्सिंग प्रतियोगितामा कोरियन फाइटरलाइ फराकिलो अन्तरल ले पछि पार्दै बिजय भएका छन । ६ वर्टा अर्ध व्यवसायिक र एक व्यवसायीक किक बक्सिगं खेलमा बिजयी भईसकेका अबिरले अर्को बिजयी यात्रा तय गर्ने क्रममा नागोयामा भएको हिट ४२ गेममा दक्षिण कोरियाका ३३ बर्षिय व्यवसायीक किक बक्सर किम पान सुलाई सजिलै पराजित गरिदिएका छन् ।

दक्षिण कोरियाका व्यवसायिक किक बक्सरको रुपमा परिचित सुलाई तीन सेटको प्रतिस्पर्धामा तीनवटै सेटमा पराजित गर्दै एकलौटी खेल आफ्नो पक्षमा पारेर जीत दर्ता गर्ने क्रममा अबिरलले तीन पोइन्ट पाउँदा सु को खातामा एक पोइन्ट पनि जोगिन सकेन । यसअघि पनि उनले ७ वटा अर्ध ब्यवशायीक भिडन्तमा प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै जापानमा नेपालको झन्डा फहराएका अविरलको यो जित भने क्यारियरकै महत्वपूर्ण जितका रुपमा रहेको उनका पिता देब घिमिरे बताउछन् । बिगतमा भएका गेमहरुमा ब्राजिलियन, जापानी खेलाडीहरु संग पनि उत्कृष्ट खेल प्रस्तुत गर्दै बिजय हासिल गरेका घिमिरे आफु आफ्नै बाबु देब घिमिरे(पुर्ब राष्ट्रिय K1 खेलाडी ) संग प्रेरित भएर यो खेलमा प्रवेश गरेको र बुबाकै सफल प्रशिक्षण अनि गाइडमा सफलता हासिल गर्न सफल भएको बताउछन् ।

उक्त खेलमा नागोया स्थित नेपालीहरुको (याम खत्री, दिपक घिमिरे, पारसमणि पोख्रेल, अनिल साक्य, नर ब. थापा, रामु थापा लगाएत नेपालीको) उपस्थित रहेको थियो । घिमिरेलाइ उपस्थित नेपालीहरुले खेलमा सपोर्ट का साथै हौशला दिएका थिए । जित पश्चात् सञ्चारकर्मीहरू संग कुरा गर्दै अविरले भने,’मेरो खास उमेर अहिले अर्ध व्यवसायिक खेल खेल्ने हो तर मैंले आफैंले आँटेर अनि गुरुहरुले पनि मलाई हौसला दिनुभएर अगाडी बढिरहँदा सफलता पाएको हुँ यसमा जापानमा रहेका नेपालीहरुले गरिरहनुभएको सर्पोट र शुभकामना मेरो लागि आशिर्वाद बन्दै आएको छ ।’ सन् २०१८ को आठौं महिनामा एक अर्को प्रतिस्पर्धा सहित कोरियामा नै गएर प्रतिस्पर्धा गर्ने सम्भावना रहेको बताउँदै अबिरलमा प्रशिक्षक समेत रहेका बुवा देव घिमिरेले त्यसको टुंगो भने लागि नसकेको जानकारी दिनुभयो ।

जापानमा हुने किक बक्सिगं प्रतियोगिताहरुमा बिदेशी खेलाडी माझ हिमालयन चितुवाको रुपमा परिचित बन्दै गएका अबिरलको लगातारको बिजयी यात्रा र उनको मेहनतले जापानमा नेपाल र नेपालीको नाम उँचो बनाउने काम सँगै नेपाललाई परिचय दिने काम भएको देखिन्छ । सबै प्रतिस्पर्धामा नेपाली झण्डा र नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएका अबिरल आफु सँधै नेपालको लागिनै प्रतिस्पर्धा गर्ने भन्दै जापानमा रहेर नेपाली शान र मानको लागि मेहनत गरिरहने उन्नकाे तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here