तपाईले फलफूल कत्तिको खाने गर्नुभएको छ । फलफूल स्वास्थ्यका लागि एकदम राम्रो खाद्यबस्तु हो ।


जतिसक्दो धेरै फलफूल र तरकारी खाएमा त्यसले मानिसको आयु समेत लम्ब्याउन सक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। इम्पेरियल कलेज लण्डनमा गरिएको एक अनुसन्धानले दैनिक १० भाग ९८०० ग्राम० फलफूल र तरकारी खाँदा वार्षिक ७८ लाख अल्पायुमै हुने मृत्यु टार्न सकिने दाबी गरेको छ।
अनुसन्धान टोलीले क्यान्सर र मुटुरोगको जोखिम घटाउने खासखास फलफूल र तरकारी पनि पहिचान गरेको छ।एक भागमा ८० ग्राम फलफूल वा तरकारी हुने गर्दछ। जो लगभग एक केराको तौलबराबर हुन्छ। यो निष्कर्ष विभिन्न ९५ अनुसन्धान र २० लाख मानिसको खानपानसम्बन्धी बानीको अध्ययन गरेर निकालिएको हो।

मुटुरोगको जोखिम घटाउने फलफूल तथा तरकारीमा स्याउ, नासपाती, अमिलो फलफूल, सलाद, हरियो सागपात, काउली, बन्दा, आदि पर्दछन्। ‘इन्टरनेसनल जर्नल अफ एपिडिमियोलोजी’ मा प्रकाशित रिपोर्टमा फलफूल तथा तरकारीले असामयिक मृत्युको जोखिमलाई घटाउने निष्कर्ष पनि निकालिएको छ। सो अनुसन्धानअनुसार दैनिक फलफूल तथा तरकारी नखाने व्यक्तिको तुलनामाः


दैनिक २०० ग्राम फलफूल वा तरकारी खाँदा मुटुरोगको जोखिम १३ प्रतिशतले घट्छ भने ८०० ग्राम खाँदा २८ प्रतिशत जोखिम कम हुन्छ।दैनिक २०० ग्राम फलफूल वा तरकारी खाँदा क्यान्सरको जोखिम ४ प्रतिशतले कम हुन्छ भने ८०० ग्राम खाँदा १३ प्रतिशतले कम हुन्छ।दैनिक २०० ग्राम फलफूल तथा तरकारी खाँदा असामयिक मृत्युको जोखिम १५ प्रतिशतले कम हुन्छ भने ८०० ग्राम खाँदा ३१ प्रतिशतले कम हुन्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here