काठमाडौं । फेसन पारखीहरुलाई खुसीको खबर । नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ । ट्याग इन्टरनेशनल प्राइभेट लिमिटेड अन्तर्गत दर्ता भएको रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेष्टुरेन्टको भवनमा शोरुम खुलेको हो ।
रिगल इन्कको ब्रान्ड आउटलेट शोरुमको नविल बैंकका प्रमुख कार्यकारी अनिल शाहले उद्घाटन गरेको उक्त समरोहमा फेसन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तीत्वको उपस्थिति रहेको थियो ।


काठमाडौंको फेसन हव दरबारमार्गमा शोरुम स्थापना गरेको रिगलले फेसनको क्षेत्रमा नवप्रवर्तन गर्ने लक्ष्य लिएको छ ।
शोरुमको उद्घाटन गर्दै बैंकर शाहले फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनौटको अवसर बढेको बताए । युवा व्यवसायीहरुको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उनको धारणा थियो ।
रिगल इन्कका प्रमुख कार्यकारी अधिकृत अशुतोश अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यबाट साथ शोरुम खोलिएको बताए ।
‘यसबाट लुक्समात्र फेरिने छैन सँगै हामी गुणस्तर, विश्वासनीयता, सस्तो र धान्नसक्ने गरी उत्पादनहरु उपलब्ध गराउने छौं’ अग्रवालले भने ।
अग्रवालले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरु पनि उपलब्ध गराउँदै जाने बताए । जिबी ब्रुमेल नामबाट सर्ट पाइन्टदेखि पर्ससम्मका उत्पादन राखिने उनले जानकारी दिए । शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुने जनाइएको छ ।
जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल हुने छ । पुरुषहरुका लागि फेसन डिजाइनहरु हुने यो ब्रान्ड नेपाली हो। त्यस्तै द म्यान कम्पनी भन्ने भारतीय ब्रान्ड पनि यो शोरुममा हुने छ ।


त्यस्तै लोरो पियना, भाइटल बारबेरिस, डि डेल्फीनो र डोरमिइएल ब्रान्डका उत्पादनहरु उपलब्ध हुने छन्। शोरुममा लानफिको र इटालियन सुट ब्रान्ड जेग्ना पनि हुने छ।
रियल इन्कलाई नेपालको आधिकारी फेसन हाउसको रुपमा विकसित गर्दै जाने र आवस्यकताअनुसार देशभर विस्तार गर्दै जाने अग्रवालले जानकारी दिए ।
विश्वव्यापी र क्षेत्रीय रुपमा ट्रेन्डमा रहेका फेसन उत्पादन किन्नमात्र होइन, गुणस्तरीय र विश्वासनीय सपिङको केन्द्रविन्दु बनाउने उद्देश्यसहित अगाडि बढेको उनको भनाइ छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here