असोज १, काठमाडौं । नेपाल आयल निगमले सोमबार बेलुकादेखि पेट्रोल, डिजेल र मट्टितेलको मुल्यबृद्धी गरेको छ । मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा लिटरको २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बृद्धी गरेको छ ।
पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ कायम भएको छ । खाना बनाँउने ग्यास र हवाइ इन्धनको मूल्य भने बढाएको छैन ।
अब निगमलाई पेट्रोलमा लिटरको २ रुपैयाँ ९२ पैसा र डिजेलमा २ रुपैयाँ ७२ पैसा नाफा हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेपछि नेपालमा पनि भाउ बढाएको निगमले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here