मंसिर ११, ललितपुर ।
ललितपुरको सातदोबाटोमा रहेको गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्रले २ सय ५० जनाको निःशूल्क स्वास्थ्य परिक्षण गरेको छ । शनिवार स्वास्थ्य केन्द्रको हाताभित्र बाथरोग, मधुमेह तथा थाइराइड, आँखा रोग, स्त्री तथा प्रसुति रोग सम्बन्धि निःशूल्क स्वास्थ्य जाँच गरिएको हो ।


स्वास्थ्य शिविरमा बाथरोग विशेषज्ञ डा. दिपा शाह, सुगर थाइराइड रोग विशेषज्ञ डा दिपेन्द्र कार्की र स्त्री रोग विशेषज्ञ डा मधु तुम्बाहाम्फेले विरामीको जाँच गरेका थिए ।

ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखा, १५ वडा कार्यालय, वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा र गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रालीको प्राविधिक सहयोगमा सो स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।


स्वास्थ्य शिविरबाट उपचारमा सहयोग पुगेको विरामीहरुले प्रतिक्रिया दिएका छन् ।
हेर्नुहोस भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here