१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या २ सय ४५ पुगेको जनाएको छ । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीमा थप ५ नयाँ संक्रमित फेला परेको जनाएको छ ।
कोरोना संक्रमण हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुष भनिएको छ । यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ ।

मन्त्रालयले मंगलबार राति धनुषाका २ जना, महोत्तरीका २ जना र १ जना सर्लाहीका संक्रमित भएको जनाएको थियो । महोत्तरीको जलेश्वरका भनिएका ३५ वर्षीय पुरुष जनकपुरधाममा पुस्तक व्यवसाय गर्दै आएका छन् ।

महोत्तरीकै बलबा नगरपालिकाका १६ वर्षीय बालक भारतबाट भागेर आएपछि नगराइनस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको थियो ।

धनुषाका २० वर्षीया युवती मिथिला नगरपालिका १० लालगढकी हुन् । भारतको राजधानी दिल्लीमा श्रीमान् र छोरासँग बस्दै आएकी उनी गत चैत १ गते नै यहाँ आएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

जनकपुरधामका ४० वर्षीय पुरुष पत्रकार हुन् भने सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का ४५ वर्षीय पुरुष मानसिक सन्तुलन ठीक नभएको व्यक्ति हुन् । यी पाँचै जनालाई आइसोलेसनमा ल्याइसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here