काठमाडौं, १ असारः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा सफाइका काम गर्नको लागि पौने चार करोड रुपैयाँ सहयोग प्राप्त भएको छ। भारत सरकारको तर्फबाट पशुपति मन्दिर परिसर क्षेत्रको सरसफाइको लागि ३ करोड ७२ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो।

सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सफाइ सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो। भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी वा पहिले एसडीपीज)को रुपमा यस परियोजनालाई नेपाल-भारत मैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिइने छ।

यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पीएडीटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । यो परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्नेछ। सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here