काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिनाधितो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।

अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १ सय ५९ शाखाबाट एकै दिनमा बिनाधितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्जा, ओभरड्राफ्ट सुविधा, क्रेडिट कार्ड सुविधा एवं अन्य सुविधाहरु सहुलियत ब्याजदरमा प्रदान गरिनेबारे सम्झौता भएको हो ।

उक्त समझदारी पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोईराला र नेपाल अडिटर्स एशोसिएसन (अडान) का तर्फबाट अध्यक्ष मोहन राज रेग्मीले माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो ।

सम्झौता पछि एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत नरेश खनालले अडानका आजीवन सदस्यहरुले कोरोनाको माहामारीमा लिक्युडिटीको समस्या र प्रोफेश्नल एवं व्यक्तिगत आवश्यकताहरु केही हदसम्म समाधान गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको उल्लेख गरे ।

यस सम्झौताबाट दुबै पक्ष लाभान्वीत हुने आशा गरिएको प्रचार प्रसार बिभागका संयोजक डोल प्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अडानले लेखा व्यबसायसंग सम्बन्धित लेखापरीक्षक एबं लेखाव्यबसायीहरुको हितका लागि बिभिन्न राष्टिय तथा अन्तराष्टिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here