नयाँ पोष्ट संवाददाता

रामशरण ढकाल र रामशरण आलेको संयुक्त प्रस्तुतीमा रहेको ‘घैया मकै’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
शम्भु नेपालको शब्द, रामजी थापाको लयमा रामशरण ढकाल, रामशरण आले र काब्य आचार्यको स्वरमा रहेको गीत ‘घैया मकै‘ हालै सार्वजनिक भएको हो । गीतमा रामजी थापा मगरको सङ्गीत र विष्णु तामाङको एरेञ्ज रहेको छ । शिवपुरी म्युजिक युट्युव च्यानलबाट गीत सार्वजनिक भएको गायक ढकालले नयाँपोष्ट डटकमलाई जानकारी दिए ।
म्युजिक भिडियोको निर्देशन भने निरेन श्रेष्ठले गरेका छन् । राज तामाङको नृत्य निर्देशन रहेको भिडियोमा आरुषी मगर, दिपेश ढकाल र सुजाता भट्टराईको साथै बालकलाकार पृथ्बी आले र शितल राणाले नृत्य गरेका छन् । भिडियोको छायाँङ्कन मुकेश हुमागाईले गरेका हुन्् ।
घैया मकै आफ्नो पाँचौ रेर्कडेड गीत रहेको ढकालले बताए ।
हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here