काठमाडौंको शंखरापुर नगरपालिकाको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित प्यानलले जितेको छ ।
कार्यसमिति अध्यक्षमा दिनेशलाल श्रेष्ठ, उपाध्यक्षमा रमेश नारायण श्रेष्ठ, सचिव रामकृष्ण माली, कोषाध्यक्ष जयराम श्रेष्ठ विजयी भएका छन् । यस्तै सदस्यहरुमा आषिश श्रेष्ठ, चन्द्रनारायण श्रेष्ठ, गंगालाल डंगोल, गंगादेवी श्रेष्ठ, शान्ता श्रेष्ठ, रम्बिका श्रेष्ठ, राज्यलक्ष्मी मानन्धर विजयी भएका छन् । कूल मतदाता ७ सय १२ रहेकोमा ६ सय ८६ मत खसेको छ ।

खानेपानी तथा उपभोक्ता समितिमा २ प्यानल मध्ये राप्रपा समर्थित प्यानल एकातिर र अर्कोतिर संयुक्त रुपमा एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतका पार्टीनिटक उम्मेदवारहरुले प्यानल बनाएर चुनाव लडेका थिए ।

अघिल्लो कार्यसमितिमा रहेका ८ जना पदाधिकारी यो निर्वाचनमा समेत जित हासिल गरेका छन् । निर्वाचित पदाधिकारीको कार्यकाल २ बर्षको हुनेछ ।
अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष दिनेशलाल श्रेष्ठले साँखुमा तुरुन्तै खानेपानीको बैकल्पिक स्रोतको व्यस्थापन गर्न लागेको जानकारी दिँदै २४ सैं घण्टा खानेपानी वितरणको कामलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे । शंखरापुरको लप्सेफेदी ४ मा पानीको स्रोत सुनिश्चिता भएको र त्यहाँबाट पानी ल्याएउने, जहरसिंहपौवा पछाडि रहेको पानीको मुहान क्षेत्र हिलेचौरलाई सिमसार क्षेत्र घोषणा गर्ने प्रक्रियालाई मूर्त रुप दिइने उल्लेख गरेका छन् ।

लप्सेफेदीबाट साँखुमा पानी ल्यानका लागि १० इन्चको पाइप जडानलाई दु्रतगतिमा सम्पन्न गर्ने, मापदण्ड अपनाएर खानेपानीको मूल्यनिर्धारण गर्ने लगायत कार्यसमितिले काम गर्ने जनाइएको छ ।
शंखरापुर नगरपालिकाका ३ वटा वडामा फैलिएको साँखु बजार क्षेत्रमा ७ सय ४९ वटा धारा वितरण गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको स्वामित्यमा रहेको पानी वितरण कार्य उपभोत्ता समितिले आफ्नो स्वामित्वमा ल्याएर खानेपानी वितरणलाई व्यवस्थित गर्दै आएको छ । प्रतिदिन २ घण्टा पानी वितरण भइरहेको साँखुमा नयाँ स्रोतबाट पानी ल्याएपछि २४ सै वितरण गर्ने योजना बनाइएको छ ।

यस्तो छ मतपरिणाम :

जम्मा खसेको मत ६८६
बदर मत २५
अन्तिम मत परिणाम
दिनेशलाल श्रेष्ठ -४३७
रमेशनारायण श्रेष्ठ -४०५
रामकृष्ण माली-४१२
जयराम श्रेष्ठ-४५१
आशिष पुखुसी-४१२
चन्द्र नारायण श्रेष्ठ -४०८
गंगालाल डंगोल-४१०
गंगादेवी श्रेष्ठ -४०६
शान्ता श्रेष्ठ -४०३
रम्बिका श्रेष्ठ -३९८
राज्यलक्ष्मी मानन्धर-३९१
द्वारिकानाथ श्रेष्ठ -२१४
शंकरमान श्रेष्ठ – २३९
सुर्जे नारायण श्रेष्ठ -२३१
भिन्तुना श्रेष्ठ मल्ल- १९०
एसवन्त लाल श्रेष्ठ -२३६
दिपेन्द्र लाल सिं -२२७
प्रविन लाल श्रेष्ठ -२३५
जनक नारायण श्रेष्ठ -२४६
भीमसेन श्रेष्ठ -२०७
सम्झना कपाली- २०७
विजय कृष्ण भाष्कर -२४२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here