Image description

शंखरापुर नगरप्रमुख रमेश नापितले जहरसिंह पौवादेखि फेदीसम्मको जङ्गलमा सडकको दायाँ बायाँ सडक बत्ति राख्नका लागि नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् । 
प्राधिकरणको कार्यालयमा पुगेर मेयर नापितले जहरसिंह पौवादेखि फेदीसम्मको सडकमा रातीको समयमा बिजुली बत्ति  बाल्नका लागि आवश्यक विद्युत लाइन विस्तार गर्न आग्रह गरेका हुन । सो सडक खण्डमा रातीको समयमा दुर्घटना हुने समस्या रहेकोले बिजुली बत्ति राख्नुका साथै सिसी क्यामेरा राख्नका लागि बिद्युतको आवश्यकता पर्ने भएको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत घिसिङलाई ध्यानाकर्षण गराए । 


साथै वडा नम्बर ५ पालुवा बारीमा नाङ्गो तार रहेकोले जोखिम रहेको भन्दै सो स्थानमा कालो तार राख्न आग्रह गरे । साथै वडा नम्बर ८ मा १३ वटा बिद्युत् पोलको आवश्यक रहेकोमा ध्यानाकर्षण गराए । 
साथै वडा नम्बर ५ को पञ्चमहालक्ष्मीस्थानमा बेलुकाको समयमा बिजुलीको पावर कम आउने समस्या रहेकोले ट्रान्समिटर राख्नका लागि आग्रह गरे । 
यस्तै भूल्भु, साना गाउँ लगायत वडा नम्बर १ देखि ९ सम्म जुन–जुन ठाउँमा नाङ्गो तार छ त्यहाँ कालो तार राख्न र कमजोर रहेका विद्युत पोलहरू परिवर्तन गर्नका लागि जोड दिए । 
मेयर नापितले राखेका विषयमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कर्मचारीलाई मेयर नापितले उठाएका विषयमा जानकारी गराउँदै ती काम तत्काल गर्नका लागि निर्देशन दिएका छन् ।