काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजले भब्य समारोहका बीच कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ । मंसिर १४ गते बिहिबार पज्ञा भवन कमलादीको हलमा विशेष समारोहका बीच कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल कुमार होडा प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथि चर्चित हाँस्य कलाकार मनोज गजुरेल रहेका थिए । यस्तै अतिथिमा काठमाडौं महानगरपालिका शिक्षा शाखाका स्रोत ब्यक्ति यमनाथ चौलागाँइ लगायतका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक ताराप्रसाद सुवेदीले स्वागत मन्तब्य राख्दै सेन्ट लरेन्स कलेजमा जुन उद्धेश्यका साथ बिद्यार्थीहरु अध्ययन गर्न आएका छन्, कलेजप्रतिको उनीहरुको विश्वासमा कुठाराघात नहुने बिचार व्यक्त गरे ।
सुवेदीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुको नेतृत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा स्वागत गरेको उल्लेख गर्दै कलेजले औपचारिक शिक्षाका साथै नेतृत्व विकासमा पनि जोड दिने बताए ।
उनले भने–‘हामीले बिद्यार्थीहरुलाई औपचारिक शिक्षा मात्र नभई नेतृत्व विकासका लागिपनि काम गर्ने गरेका छौँ । औपचारिक शिक्षाले मात्र जिवनमा अघि बढ्न नसकिने भएकोले कलेजले नेतृत्व विकासलाई पनि जोड दिँदै आएको छ ।’ प्रवन्ध निर्देशक सुवेदीले कार्यक्रममा कविता वाचन समेत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका वडाध्यक्ष विमल कुमार होडाले काठमाडौं महानगरको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजले गुणस्तरीय शिक्षा दिएर महानगरको मात्र भई राष्ट्रको नै शीर उच्च पारेको बताए ।
कार्यक्रममा संवोधन गर्दै कलेजका अध्यक्ष केशव प्रसाद दंगालले सेन्ट लरेन्स कलेजका विद्यार्थी दीपक गौतमले एमविविएसमा फूल स्कलरसीपमा नाम निकालेकोमा बधाई दिँदै त्यसैगरी अरु बिद्यार्थीले पनि सफलता हासिल गर्नेगरी अध्ययन गर्न आग्रह गरे ।
यस्तै सेन्ट लरेन्सकी अर्का बिद्यार्थी सुस्मिता कार्कीेले नेपाल ल क्याम्पसमा अध्ययनका लागि फूल स्कलरसीपमा नाम निकालेकोमा र निर्जला पुडासैनीले नर्सिङ अध्ययनका लागि फूल स्कलरसीपमा नाम निकालेकोमा बधाई दिँदै त्यसैगरी अन्य बिद्यार्थीलाई पनि सफल हुन प्रेरित गरे । बिद्यार्थीका आफ्ना सपना र बुवाआमाले देखेको सपनालाई एकाकार गरेर अघि बढेमात्र जीवन सफल हुन सक्ने भन्दै अध्यक्ष दंगालले आज सेन्ट लरेन्समा रहेका विद्यार्थी भोलीका देशमा दक्ष जनशक्ति भएको टिप्पणी गरे ।
उनले भने–‘सबै बिद्यार्थीहरुले आफूलाई यसरी अघि बढाउँनुप¥यो कि औपचारिक शिक्षाका साथै आफ्नो करिअर र देशको भविष्यलाई कसरी परिवर्तन गर्न सक्छु, एउटा असल र परिचित ब्यक्ति कसरी बन्न सक्छु भन्ने बाटोमा अघि बढ्नुपर्छ । त्यो बाटोमा अघि बढ्नका लागि सेन्ट लरेन्स कलेज तपाईहरुलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छ ।’
नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले कलेजको नारा ‘तपाईको सफलता, हाम्रो प्रतिबद्धता’ अनुसार नै बिद्यार्थीहरुलाई सफल बनाउँनका लागि कलेज प्रतिबद्ध रहेको बताए । उनले १३ जना विद्यार्थीबाट सुरु भई आज करिब ४ हजार विद्यार्थीको परिवार भएको उल्लेख गर्दै २६ वर्ष देखि निरन्तर उत्कृष्ट शिक्षा दिइरहेको बताए । उनले सेन्ट लरेन्सबाट उत्पादन भएका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेको बताउँदै सफलता नै कलेजको असली पहिचान भएको उल्लेख गरे । सो अवसरमा कलेजका बिद्यार्थीहरुले ३५ प्रकारका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले हाँस्यब्यङ्ग्य प्रस्तुती दिएका थिए । कार्यक्रममा कलेजमा विभिन्न क्रियाकलापमा सर्वोत्कृष्ट बिद्यार्थीहरु, शिक्षक तथा कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।