Image description

फागुन  १२, काठमाडौं ।
शंखरापुर नगरप्रमुख रमेश नापितले भोली फागुन १३ गते देखी २१ गते सम्म ९ महिना देखि १५ वर्ष मुनिका सम्पूर्ण बालबालिका लाई दादुरा रुवेला विरुद्धको खोप लगाउन आग्रह गरेका छन् ।
एक सूचना जारी गर्दै मेयर नापितले शंखरापुर नगरपालिका अन्तर्गत रहेका सबै वडा र स्वास्थ्य संस्थाहरूमा संस्था र वडाहरूबाट तोकिएको मिति र खोप केन्द्रमा दादुरा रुवेला खोप अभियानमा सहभागी हुन आग्रह गरेका छन् । 
सो अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका सम्पूर्ण बालबालिका लाई दादुरा रुबेला विरुद्धको खोप लगाइने कार्यक्रम रहेकाले आ–आफ्नो बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर दादुरा–रुबेलाको खोप लगाउन सबै नगर बासीहरूमा आग्रह गरेका छन् । 
सो अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरूलाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले खोप कार्ड समेत लिई आउन जानकारी गराएका छन् । 
खोप अभियान सञ्चालन हुने मिति, समय र खोप केन्द्र रहने स्थानको बारेमा स्थानीय स्वास्थ्य संस्था, वडा कार्यालय, जनप्रतिनिधिहरू र महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुबाट जानकारी एवं सूचना पाउने व्यवस्था समेत मिलाइएको मेयर नापितले बताएका छन् । 
दादुरा–रुबेला लागेको १ जना व्यक्तिले १८ जना सम्मलाई सङ्क्रमण गर्न सक्ने भएकोले  यो रोगबाट सुरक्षित हुन समयमा नै आफ्ना बालबालिकाहरूलाई दादुरा रुबेला खोप लगाउन र शंखरापुर नगरपालिकाका साथै नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न सहयोग गर्न आग्रह गरेका छन् ।