Image description

 

शंखरापुर नगरपालिकाको गौरवको परियोजनाको रुपमा रहेको वडा नं ६ स्थित सलम्वुपार्क निर्माण योजना अन्तर्गत नगरस्तरीय र वडास्तरीय बजेत अन्तर्गत १ सय ५० मिटर सडकको ढलान कार्य शुरू भएको छ । आइतबार सो स्थानमा पुगी शंखरापुर नगरपालिका प्रमुख रमेश नापित र वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले सो सडकमा भइरहेको ढलान कार्यको निरिक्षण गरेका छन् । 


अब सलम्बुदेबि मन्दिर सम्म जान करिब १ सय मिटर ढलान कार्य बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । यसै आर्थिक बर्षमा सो काम सम्पन्न गर्नका लागि बजेट जुटाउन मेयर नापित र आफ्नो प्रयास जारी रहेको उनले बताए । 
सो सडक निर्माण सम्पन्न भएपछि बाह्रै महिना नै सलम्बु देवि मन्दिर र पार्कमा जान सहज हुनेछ । गत आर्थिक बर्ष सघन शहरी विकास कोषको ३ करोड रुपैयाँ बजेटबाट वाल, ड्रेन र १ सय ६० मिटर सडक ढलान कार्य सम्पन्न भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  अब झन्डै १ सय मिटर सडक ढलान कार्य बाँकी रहेको छ ।