काठमाडौं । बत्तिसपुतली गौशाला व्यापार ब्यवसायी संघको १३औ बार्षिक साधारणसभा एवं छैठौं अधिवेशन बाट सर्वसम्मत रुपमा डासुराम घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।
संघको अन्य पदहरुमा प्रथम उपाध्यक्षमा डम्बरबहादुर बिष्ट, द्वितीय उपाध्यक्ष अर्जुन कोइराला, महासचिवमा नरोत्तम चालिसे (निलम), सचिव पुष्कर घिमिरे, कोषाध्यक्षमा गणेश खड्का तथा सदस्यहरूमा सकुन्तला थापा, तारणी प्रसाद यादव, गिता सुवेदी रामहरि प्रसाई, पुष्कर श्रेष्ठ, गोपी बडाल, रामकुमार नायक निर्वाचित भएका छन ।
समितिमा निर्वाचित भएसँगै अध्यक्ष घिमिरेले बत्तिसपुतली–गौशाला क्षेत्रमा व्यापार गर्ने ब्यवसायीहरुको सुख–दःखमा संघ संधै साथ रहने बताए । व्यापार व्यवसायीहरुको हक अधिकार तथा अप्ठेरोमा परेको बेला संघले सधै नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।