Image description

असार २, काठमाडौं । 
गाईबस्तुमा लाग्ने लम्पि स्किन रोग नियन्त्रण तथा रोकथामका लागि शंखरापुर नगरपालिकाले किसानका घर गोठ पुगेर भ्याक्सिन लगाउने काम सुरु गरेको छ । पशुचौपायमा सरुवा रोगको रुपमा आतंक मच्चाइरहेको लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि गाई–भैसीलाई भ्याक्सिन दिने काम सुरु भएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । 
गत जेठ २८ गतेदेखि सुरु भएको लम्पी स्कीन विरुद्धको भ्याक्सिन दिने काम असार २ गतेसम्म शंखरापुरको वडा नम्बर १ देखि ९ सम्म १ हजार ३ सय डोज दिइएको छ । 


लम्पी स्कीन रोगले प्रकोप लिन थालेपछि नगरकार्यपालिकाको आकस्मिक बैठक बसेर विपद व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ निकाशा गर्ने निर्णय गरेर किसानका घर घर पुगेर भ्याक्सिन लगाउन सुरु गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
नगरप्रवक्ता रमेश नापितले नगरपालिकामा लम्पी स्कीन रोग फैलन नदिन आवश्यक रोकथाम र नियन्त्रणका विधि अपनाउन निर्देशन दिएका थिए । मेयर नापितले नगरपालिकासँग पर्याप्त पशुस्वास्थ्यकर्मी नभए निजी क्षेत्रबाट सहभागिता जनाएर भएपनि  द्रुत गतिमा भ्याक्सिन लगाउने काम गर्न निर्देशन दिएका थिए । 


नगरपालिकाको पशु स्वास्थ्य विभागकी पशु स्वास्थ्य अधिकृत गिता तिमिल्सिानाले नगरपालिकाका कर्मचारी तथा निजी क्षेत्रका पशु स्वास्थ्यकर्मीहरुको सहभागितामा वडा नम्बर १ देखि ९ सम्म ‘एल.डि ट्वेन्टी फाइफ’ नामको भ्याक्सिन लगाईएको हो ।

वडा नम्बर १, २, र ३ मा २ सय डोज, वडा नम्बर ४ मा २५० डोज, वडा नम्बर ५ मा २५० डोज र वडा नम्बर ६, ७ र ८ मा २०० डोज भ्याक्सिन लगाइएको छ ।  वडा नम्बर ५ मा डा.आशिष आर्चाय र अनुप बस्नेत, वडा नम्बर १ मा माधव प्रसाद ढुङ्गाना, वडा नम्बर ६, ७, ८ र ९ मा पुष्प श्रेष्ठ र लक्ष्मण श्रेष्ठले भ्याक्सिन दिने काम गरेका हुन् ।