Image description

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठले इन्द्रायणीमा रहेको नगर अस्पतालको स्थलगत अनुगमन गरेका छन् । 
सो अवसरमा अस्पतालमा कार्यरत कर्मचारीहरुले सुगर प्रेसर लगायतको औषधी अभाव रहेको बताए । 
मेयर नापितले नगर अस्पतालमा आउँने विरामीहरुले कुन कुन औषधी बढी खोज्ने गर्छन त्यस्ता औषधीहरुको अभाव हुन नदिन आग्रह गरे । औषधी अभाव भएमा नगरपालिकामा खबर गर्न आग्रह गरे । बिरामीलाई आवश्यक परिरहने औषधी स्टक राख्न पनि आग्रह गर्दै नियमित अस्पताल आउने विरामीका लागि चाहिने औषधी टिपोट गरेर त्यस्ता औषधीको अभाव हुन नदिन निर्देशन दिए । औषधी नभएको अवस्थामा माग फारम भरेर नगरपालिकामा पठाउन आग्रह गरे । 


मेयर नापितले बर्थिङ सेन्टरको स्थापना दु्रत गतिमा निर्माण गर्नपनि निर्देशन दिए ।  
यस्तै उपयमेयर समिता श्रेष्ठले कम्तिमा १ साताको लागि स्टक हुनेगरी औषधी राख्न आग्रह गरिन । उनले औषधी अभाव भएमा नगरपालिकामा जानकारी गराउँन भन्दै गर्र्दै अत्यावश्यक औषधी अभाव हुन नदिन आग्रह गरेकी छिन् । 

हेर्नुहोस भिडियो :