Image description

नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि तथा आत्मरक्षा तालिम सम्पन भएको छ । 
बुधबार काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंह पौवामा भएको कार्यक्रममा ८५० जना खेलाडी तथा बिद्यार्थीहरु सहभागि भएका छन् ।

कार्यक्रममा नेपाल हाप्किडो संघका प्रशिक्षकहरु पद्मा खयरगोली, बिजया कुमारी वाईवा, कृति गिरी, वर्षा ठेडी मगर, निक्कु विश्वकर्मा, अस्मिता महरा, अनिता भण्डारी, सिर्जना अधिकारी, रिता सुनार, प्रिती गुरुङ, अस्मी गुरुङ, समिता गुरुङ  र प्रसंशा गुरुङले प्रशिक्षण दिएका छन् । 


कार्यक्रममा शंखरापुर नगरपालिका भित्र रहेका बिद्यालयका विद्यार्थीहरुलाई मौखिक र अभ्यासगत रुपमा आत्मरक्षा तालिम दिइएको कार्यक्रम संयोजक विजयाकुमारी वाइवाले जानकारी दिइन । खेलकुदमा महिला सहभागिता अभिबृद्धि र आत्मरक्षा क्षमता विकासका लागि सो कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । 


नेपाल हाप्किडो संघका केन्द्रीय प्रशिक्षक बिजयाकुमारी वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विशिष्ट अतिथी नेपाल हाप्किडो संघको केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगर, बिशेष अतिथीहरु नगर प्रवक्ता राधा कृष्ण श्रेष्ठ, सांखु प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक फुलमाया घिसिङ, कुन्ती देवी फाउन्डेसन अध्यक्ष तथा समाजसेवी कुन्ती देवी पोख्रेल, अतिथीहरु नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रविन गुरुङ लगायत केन्द्रिय प्रशिक्षकहरु, बिभिन्न विधालयका व्यवस्थापनका अध्यक्ष, प्रधानाध्यापक शिक्षकहरु र खेलाडी तथा बिद्यार्थीहरु सहभागी रहेका थिए ।