Image description

३० असार, काठमाडौं । 

शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ तथा नगरपालिकाका प्राविधिकहरुले शंखरापुरमा निर्माण भइरहेको ईन्द्रायणी विहार भुल्भु मोक्तान टोल सडकको अनुगमन गरेका छन् । 
शनिवार सडक निर्माणको काममा भइरहेको प्रगति विवरण लिँदै नगरप्रमुख नापितले गुणस्तरीय ढंगले निर्धारित समयभित्रै निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । 
शंखरापुर नगरपालिका र बागमती प्रदेशको १\१ करोडको समपुरक कोषको लगानीमा ईन्द्रायणी विहार भुल्भु मोक्तान टोल सडक अन्तर्गत शंखरापुर वडा नं ८ को वडा कार्यालय तिरको सडक २९० मिटर ढलान र ईन्द्रायणी विहारबाट भुल्भु जाने बाटोमा २१५ मिटर ढलान र ड्रेनको काम सम्पन्न भएको नगरप्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।