Image description

मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरमा रहेको सूर्यमुखी साना किसान कृषि सहकारी सस्थाको आर्थिक बर्ष २०७९–८० को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । असोज १९ गते भएको गोष्ठिमा गत आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदनका बारेमा छलफल भएको छ । 
गत आर्थिक बर्षमा २७ करोड ८९ लाख २५ हजारको वासलातको विवरण सार्वजनिक गरिएको छ । जसमध्ये सदस्यहरुलाई ऋण लगानीतर्फ १९ करोड २५ लाख ८५ हजार विवरण सार्वजनिक गरिएको छ । संस्थाको स्थायी सम्पत्तितर्फ ३ करोड ८२ लाख ३५ हजार रहेको विवरण प्रस्तुत गरिएको छ । 
संस्थाका शेयर सदस्यहरुहरुको शेयर पुँजी १ करोड ५८ लाख ३६ हजार ४ सय रहेको र बचत संकलन तर्फ ९ करोड १९ लाख ५७ हजार रहेको विवरण प्रस्तुत गरिएको छ । संस्थाले विभिन्न निकायहरुबाट २ करोड २६ लाख ९४ हजार अनुदान प्राप्त गरेको विवरण जानकारी गराइएको छ ।


यस्तै संस्थाका विभिन्न कोषहरुमा जम्मा रकम ३ करोड ६ लाख २० हजार रहेको संस्थाका प्रवन्धक गोविन्द नेपालले जानकारी गराए । यस आर्थिक बर्षमा संस्थाको आय करपछिको खुद नाफा  ८९ लाख ५६ हजार ५८६ रहेको छ । 
गोष्ठिमा गत आवको लेखा परिक्षण प्रतिवेदनको विषयमा छलफल र चालू आर्थिक बर्षको साउन र भदौ मसान्तसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै आगामी कार्यक्रमका बारेमा जानकारी गराउँनुका साथै छलफल भएको थियो । 
संस्थाका अध्यक्ष मित्रलाल चौलागाईंको सभापतित्वमा भएको गोष्ठिमा मेलम्ची नगरपालिका वडा नंबर २ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा, वडा नम्बर ३ का अध्यक्ष कुमार बञ्जारा अतिथि रहेका थिए । 
यस्तै मेलम्ची नगरपालिकाका कार्यपालिका सदस्यहरु, सस्थाका संचालक समिति, लेखा समिति, ऋण उपसमिति, पसुधन सुरक्षण समिति, शिक्षा उपसमिति, चिलिङ भ्याट उपसमिति सहित सम्पुर्ण उपसमिति, कर्मचारी, शिक्षाबिद, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।