Image description

शंखरापुर नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले राहत स्वरुप सो रकम दिने निर्णय गरेको नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।  
गत कार्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भई गएको भुकम्पमा परी  शंखरापुर नगरपालिकामा रहेको शंखरापुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ्ग कार्यक्रममा पठन पाठन गर्ने विद्यार्थी सुष्मा कार्कीको निधन भएकोले  छात्रा कार्की तथा मृतक नागरिकहरु प्रति नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 
साथै, नगरपालिकाले विपदको दुःखद घडीमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सो नगरपालिकामा क्रियाशील रहेका जनप्रतिनिधि, राजनीतिक दल, निजी र गैरसरकारी संघ र संस्थाहरु, व्यवसायीहरु लगायतलाई नगद वा जिन्सी वा अन्य किसिमका सहयोग गर्नपनि आग्रह गरेको छ ।