Image description

 

सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाले ५० जना विद्यार्थीहरुलाई ट्रयाक–सुट र परिचयपत्र वितरण गरेको छ । 
कार्तिक २१ गते मंगलबार मेलम्ची नगरपालिका वडा नम्बर–१ भोटेचौर, खाल्डेमा रहेको शिवपुरी आधारभूत विद्यालयमा एक कार्यक्रममा बीच ट्रयाक–सुट वितरण गरिएको सहकारीकी सहायक प्रबन्धक विना पोखरेलले जानकारी दिएकी छन् । 
संस्थाका अध्यक्ष मित्रलाल चौलागाई प्रमुख अतिथि रहेको सो कार्यक्रममा अध्यक्ष चौलागाईले बिद्यार्थीहरुलाई ट्रयाक–सुट प्रदान गरेका हुन् । 


कार्यक्रममा बोल्दै अध्यक्ष चौलागाईले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत जाडो महिना सुरु हुन लागेकोले साना भाईबहिनीलाई ट्रयाक–सुट वितरण गरिएको जानकारी दिए । सहकारी मार्फत विद्यार्थीलाई गरिएको सहयोग महत्वपूर्ण रहेको बताउँदै संस्थाले स्थापनाकालदेखि आर्थिक कारोबारसँगै विविध सामाजिक कार्यहरु गर्दै आएको बताए । अध्यक्ष चौलागाईले अहिले बिद्यार्थीहरुलाई न्यानो पोषाक वितरण गरेको जानकारी दिए । 


कार्यक्रममा स्वागत मन्तब्य दिँदै बिद्यालयकी प्रध्यानाध्याक देवकी चौलागाईले सूर्यमुखी साना किसान कृषि सहकारीले बिद्यार्थीहरुलाई ट्रयाक–सुट र परिचयपत्र वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै संस्थाको सो कार्यले उर्जा मिलेको बताइन । यस्तै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रसाद चौलागाईले पनि सहकारीले विद्यार्थीका लागि ट्रयाक–सुटको व्यवस्था गरेकोमा धन्यवाद ब्यक्त गरेका छन् । 
कार्यक्रममा संस्थाका प्रबन्धक गोविन्द नेपालले जाडो मौसम शुरु हुँदै गर्दा पठनपाठनका थप सहजता होस भनी न्यानो कपडा र परिचयपत्र वितरण गरिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा ६ जना शिक्षक–शिक्षिकालाई पनि परिचय पत्र प्रदान गरिएको छ ।