Image description

दिपा खतिवडा/संवाददाता 
महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०८० का अवसरमा शंखरापुर वडा नम्बर ६ ले १५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने नाराका साथ शंखरापुर नगरपालिका वडा नं ६ स्थित पुखुलाछी स्वास्थ्य चौकी भवनमा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका  दिवस मनाइएको हो । 


मंगलबार बिहान भएको कार्यक्रममा प्रमुख अतिथि रहेका शंखरापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले सो अवसरमा १५ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन । 
श्रेष्ठले वर्षको उत्कृष्ठ स्वास्थ्य स्वयंसेविका कमला श्रेष्ठ र स्वास्थ्य चौकीमा धेरै बिरामी पठाउन सफल स्वयंसेविका सर्मिला राजभण्डारी लगायत अन्य  स्वयंसेविकाहरुलाई मायाको चिनो दिएर सम्मान गरेका हुन । 
सो अवसरमा वडाध्यक्ष श्रेष्ठले स्वास्थ्य सेवा दिनका लागि निरन्तर लागीपर्ने महिला स्वास्थ्य स्वयंसेविकारुलाई धन्यवाद ब्यक्त गरे । उनले फेरि–फेरि यस्तै स्वास्थ्य सेवा कायम राखिराख्न आग्रह गर्दै सम्पूर्ण स्वयंमसेविकाहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । उक्त कार्यक्रम ज्ञानेन्द्र मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।